Nepali Bible Commentaries
टिप्पणीहरु PDF format (पुस्तकको बनोट) मा छन्, अनि Adobe Reader© को सबैभन्दा नयाँ संस्करणमा हेर्न सकिन्छ
Nepal  Myanmar  India
मर्कूस अनि १ र २ पत्रुस
(Gospel of Mark; 1 & 2 Peter -- Nepali)

यूहन्नाको सुसमाचार, १, २ र ३ यूहन्ना
(Gospel of John; 1, 2 & 3 John -- Nepali)

रोमी को बुक
(Book of Romans -- Nepali)

गलातीको पत्र तथा १ र २ थेस्सलोनिकीका पत्रहरूको

(Galatians; 1 & 2 Thessalonians -- Nepali)

यस स्वतन्त्र बाइबल अध्ययन वेभसाइट, बाइबलको अनौठो प्रेरणाप्रति समर्पित रहेको छ । योचाहिँ विश्वास (उद्धार) अनि अभ्यास (ख्रीष्टियन जीवन) को एउटैमात्र स्रोत हो । बाइबल व्याख्या गराईको कुञ्जीले निम्नलिखित कुराहरुको माध्यमद्वारा मूल लेखनको अभिप्रायलाई पाउनु पर्दछ ः (१) शैलीको रोजाई, (२) साहित्यिक सन्दर्भ, (३) व्याकरणीय रोजाईहरु, (४) शब्दका रोजाईहरु, (५) लेखक र लेखको ऐतिहासिक बनोट, अनि (६) समानान्तर परिच्छेदहरु (एउटा प्रेरणाद्वारा लेखिएका पुस्तकका उत्तम व्याख्याकारचाहिँ प्रेरित भएको पुस्तक हो । बाइबल सत्यताको एउटा पुस्तकालय हो )।
लेखकले शैक्षिकरुपमै अनि हर्मन्यूटिकलरुपमै (बाइबलीय व्याख्या गराई) तालीम पाएका छन् (धधध।ाचभभदष्दभिअयmmभलतबचथ।यचन मा तिनको व्यक्तिगत विवरण ९चभकगmभ० अनि विश्वासको वयानलाई हेर्नुहोस्) अनि निम्नलिखित कुराहरु गर्ने कोशिस गरेका छन् ः
१. तपाईं आफैले नै बाइबल पढ्नको लागि तपाईंलाई उत्साह दिन (तपाईं, बाइबल र पवित्र आत्मा मुख्य कुराहरु हुन् )
२. तपाईंको बुझाईलाई मुल्याङ्कन गर्न अनि अरु व्याख्या गराईका विकल्पहरु प्रदान गर्न तपाईंलाई सहायता गर्ने
३. एक पटक मूल अभिप्रायलाई (अर्थात, एउटा अर्थ) लाई पाइसकेपछि, त्यसलाई तपाईंको संस्कृतिक परिवेश अनि जीवनमा लागु गर्नै पर्दछ । त्यहाँ थुप्रै सम्भवत् प्रयोगहरु छन्, तर एउटैमात्र लेखकीय अभिप्राय ।
४. पाठले भन्नचाहेको कुरालाई हर्मन्यूटिकल सिद्धान्तहरुले तपाईंलाई निश्चय नै भन्दैन, तर यसको अर्थ के हुन सक्दैन भनेर यसले निर्धारण गर्दछ ।
५. हर्मन्यूटिकलचाहिँ कसैको धर्मशास्त्रको अध्ययनमा टिप्पणी गर्ने कुराहरुमा जाँचगर्ने सूचि हो । व्याख्याको हरेक पक्ष नै महत्वपूर्ण हुँदछ तर आधुनिक बाइबल व्याख्याकारहरुले यस मूल पाठले मलाई के भन्न चाहेको हो ? भन्ने प्रश्न बारम्बार गर्दछन् जब कि असल प्रश्न त मूल लेखन –एकमात्र प्रेति व्यक्ति) ले तिनको समयलाई के भन्दैथिए ? अनि त्यो सत्यताचाहिँ मेरो समयमा कसरी लागु हुँदछ ? भन्ने हो ।
मेरो बाइबल व्याख्या गराईको गोष्ठीचाहिँ तपाईंको लागि एउटा आशिष् भएको छ अनि एक–एक पदको टिप्पणीहरुले तपाईंलाई परमेश्वरको नजीक ल्याएको छ भन्ने आशा मैले गरेको छु ।
Dr. Bob Utley
Professor of Hermeneutics (Retired)
 
Copyright © 2014 Bible Lessons International, P.O. Box 1289, Marshall, TX 75671, USA